सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेश ४ का सभामुख शौचालयमा लडेर आईसीयुमा

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारी शौचालयमा लडेर गम्भीर घाइते भएका छन् । उनको अहिले पोखरास्थित मनिपाल शिक्षण अस्पतालको आईसीयूमा कक्षमा उपचार भइरहेको छ ।

दिउँसो ४ बजे बाथरुममा लडेर गम्भीर घाइते अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालले जानकारी दिएको छ । सभामुख शौचालयमै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पिटलमा पुर्याएका थिए ।

मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको न्यूरो अस्पताल लैजान खोजिएको थियो । तर हेलिकोप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मणिपाल पुर्याइएको हो ।

सभामुख अधिकारीलाई आज न्युरो अस्पताल काठमाडौं लैजाने बताइएको छ । सभामुख अधिकारी होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्