फर्किए मोदी, जनतालाई सास्ती मात्रै, उपलब्धी शुन्य
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन । शुक्रबार जनकपुर हुँदै नेपाल प्रवेश गरेका नरेन्द्र मोदीले जानकी मन्दिरको पुजापाठबाट भ्रमणको प्रारम्भ गरेका थिए ।
जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गरेपछी काठमाण्डौ ओर्लिएका मोदीले उपराष्ट्रपति, राष्ट्रपति, पुर्व प्रधानमन्त्री, प्रधानमन्त्री केपी शर्मा ओली, उपेन्द्र यादव लगायतका नेतासँग भेटघाट गरेका थिए ।
राति अबेर गरी दुई देशका प्रधानमन्त्रीबीच एकल वार्ता भएपछी प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच पाँच बुँदे सहमती भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको नागरिक अभिनन्दन र काठमाण्डौमा भएको अभिनन्दनमा नेपालको बिकासमा भारतले सकेको सहयोग गर्ने बनाउँदै आपसी सम्बन्ध र नेपालको प्रशंसा गर्नमा समय खर्चिएका थिए । धेरैले मोदीले तिन बर्षअघि भएको नाकाबन्दीका बिषयमा केही बोल्ने अपेक्षा गरेका थिए तर मोदी यस बिषयमा एक शब्द बोलेका छैनन् ।
मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताएका हुन ।
मोदीले नेपालमा अहिले उज्वल भविश्य निर्माणको बाटोमा हिडिरहेको, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको बताएका थिए । उनले भनेका छन–‘तर, लक्ष्य अँझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखर चढ्नुछ ।’
मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’
उनले अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकता अनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिँड्न तयार छ ।’
मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै पुजापाठ गरेका थिए । त्यस्तै पसुपतिनाथको पनि बिशेष पुजापाठ गरेका थिए ।
मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, कृष्ण सिटौला, सितादेवी यादव, पूर्णबहादुर खड्का, सशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशशरण महतलाई पनि भेटेका थिए ।
शनिवार स्वदेश फर्कने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण सफल रहेको बताएका छन । उनले ट्विट गरेका छन–‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासंग आत्मीय हुने ठूलो अवसर प्रदान गर्यो । प्रधानमन्त्री केपी ओली संगको छलफल धेरै फलदायी रह्यो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्