सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

श्रम गर्नुस्, श्रम नगर्ने कम्युनिष्ट हुँदैनः रक्षामन्त्री

रक्षा मन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले श्रम नगर्ने कोही पनि कम्युनिस्ट हुन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ललितपुरका ३ सय ५७ जना नयाँ पार्टी सदस्यहरुलाई शपथ गराउँदै पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जोडिन आग्रह गरेका छन ।

‘कामबाट अलग भएर बतासिने एमाले अब काम लाग्दैन’, पोखरेलले भने, ‘अब कार्यकर्ताले भुँइतिर फर्किएर हेर्नुर्पयो, सम्भावनाहरु पहिल्याएर त्यसबाट लाभ लिनसक्नु र्पयो ।’

अधिकार प्राप्तिको आन्दोलनमा जनता धेरै दौडिएको भन्दै उनले अबको यात्रा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताए । ‘अब जेल बसेका, भूमिगत र निर्वासित भएका कुरा गरेर कसैको राजनीति चल्दैन,’ पोखरेलले भने, ‘जनताको जीवनलाई समृद्ध बनाउने काम र योजना तथा संकल्प जोसँग छ त्यसले नै अब मुलुकको राजनीतिक हाक्छ ।’

उनले कम्युनिस्ट पार्टीमा अब पूर्णकालीन राजनीति चल्न नसक्ने स्पष्ट पार्दै कामबाट बचेको समय पार्टीलाई दिन कार्यकर्तालाई आग्रह गरेका छन । पोखरेलले अगाडि थपे, ‘२४ घण्टामा दुई घण्टा मात्रै पार्टीलाई समय दिनुस, तर आर्थिक उत्पादनमा मज्जाले लाग्नुहोस् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS