हत्या, पोष्टमार्टम र अन्त्येष्टी आफै गरेको खुलासा
गत फाल्गुन २३ मा पाँचथरको हाङ्गुम गाउँपालिकाका स्थित मृत फेला परेका २४ वर्षीय तेजेन्द्र राईको हत्या भएको खुलेको छ । मृत फेला परेका राईको आफ्नै साथीले हत्या गरेको पाँचथर प्रहरीको अनुसन्धानले देखाएपछि सार्वजनिक गरीएको हो ।
जिल्ला अस्पताल पाँचथरमा उनको पोष्टमार्टमपछि मृत्युको कारण नखुलेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा आफ्नै साथीले कुटपिट गरेको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा दुई जना मुख्य अभियुक्त सहित चार जनालाई पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख वामदेव गौतमले बताएका छन् ।
प्रहरीका अनुसार आँफै घटना घटाएर पोष्टमार्टम देखि दाहसंस्कार तथा किरियाकाजमा संलग्न सहयोगिहरु नै हत्यामा संलग्न रहेको खुलेको हो । हत्यामा संलग्न भएको आरोप लागेका मुख्य अभियुक्तको रुपमा ३५ वर्षीय सन्तकुमार राई र २५ वर्षीय राजन चाम्लिङ राई पक्राउ परेको प्रहरीले जानाएको छ ।
यस्तै २० वर्षीय सुरज राई र २१ वर्षीय मदन राई पनि हत्या आरोपमा पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्