म धर्मबाट चल्दिन, नेपाल हिन्दु राज्य हुँदैनः ओली
नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग राख्ने हिन्दुवादीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै ईन्कार गरिदिएका छन । प्रधानमन्त्री ओलीले नेपाल र भारतका हिन्दू अभियन्ताहरुले नेपाललाई हिन्दू राज्य घोषणा गर्न राखेको मागलाई असान्दर्भिक भइसकेको बताउँदै सो विषय नउठाउन आग्रह गरेका छन् ।
भारतको गोवद्र्धन मठका पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीको अभिनन्दन समारोहमा ओलीले भने ‘अब यो कुरा असादन्भिर्क भइसक्यो । म धर्मबाट चल्दिन, देश र जनताको सम्बृद्धिका लागि काम गर्छु ।’ ओलीले नेपाल गणतन्त्रमा गइसकेको भन्दै सबैले परिवर्तनलाई स्वीकार गर्नुपर्ने बताएका छन ।
प्रधानमन्त्री ओलीले भनेका छन–‘कुनै पनि संस्थाको समयअनुसार सान्दर्भिकता रहन्छ । त्यसले समय अनुसार आफूलाई ढाल्न नसके असान्दिर्भक भएर जान्छ । म देश र जनताको समृद्धिका लागि काम गर्न लागेको छु । प्रधानमन्त्रीका रुपमा पदमा रहेसम्म म धर्मबाट चल्दिन ।’
कार्यक्रममा विश्व हिन्दू महासंघका अन्तराष्ट्रिय समिति अध्यक्ष भरतकेशर सिंह, हरिबोल भट्टराई लगायतले नेपाललाई हिन्दू राज्य घोषणा गर्न प्रधानमन्त्री ओलीले साथ दिनुपर्ने बताएका थिए ।
नागरिक अभिनन्दन कार्यक्रममा शंकराचार्यले नेपाल पुण्य भूमि रहेको भन्दै हिन्दू राज्य बनाएर भारतलाई पनि पाठ सिकाउन आग्रह गरेका थिए । उनले विश्वमा हिन्दूराज स्थापना गर्न नेपालबाट शंखघोष हुनुपर्ने शंकराचार्यले बताएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्