सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गृहकार्य नगर्दा शिक्षकको कुटाईले टाउको फुट्यो

डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा गृहकार्य नगरेको निहुँमा एक विद्यार्थी शिक्षकको कुटाईबाट गम्भिर घाईते भएका छन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन् ।

शिक्षक अवस्थीको कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका १२ वर्षीय राम कामीको टाउकोमा गम्भीर चोट लागेको छ । गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन ।

कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका कामीको विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल र्पुयाइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लान लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले जानकारी दिएका छन ।

विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् । शिक्षकले बिद्यार्थीलाई गम्भीर घाईते हुनेगरी दिएको यातनाका बिरुद्ध बालअधिकार र शिक्षा क्षेत्रमा काम गर्ने बिभिन्न संघसंगठनहरुले बिरोध गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्