सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकता होईन माओवादी केन्द्र एमालेमा विलयः बैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको बताएका छन् । प्रदेश १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा ओखलढुंगा पुगेका वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय भएको दावी गरेका छन ।

उनले दुई पार्टी बीचको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारबीचको मिलन भएको टिप्पणी गरेका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा उनले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्ने बताएका थिए ।

विगतको झापा आन्दोलनदेखि दस वर्षे जनयुद्ध गरेर आएकाहरु सबै इतिहास भुलेर सत्तामा गएको उनले जिकिर गरेका छन । वैद्यले वालकृष्ण ढुंगेलको उदाहरण दिँदै आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता जेलमा रहेका बेला त्यही पार्टीका नेता सरकारमा रहनु विचित्र भएको टिप्पणी गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्