सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानाध्यापकले बिद्यार्थीलाई पिसाव खुवाएकै हुन ?

समाचारहरुमा रामेछापको झट्टेश्वर माविका प्रधानाध्यापकले विद्यार्थीलाई पिसाव खुवाएर कुटपिट गरेको भन्ने हेडलाईनका समाचार आएपनि समाचारको वास्तविकता फरक देखिएको छ । आफ्नै विद्यार्थीलाई पानीमा पिसाव र थुक मिसाएर खुवाउने विद्यार्थी दोषि कि सोही पानि उनीहरुलाई खुवाउने शिक्षक दोषि भन्ने प्रश्न  उब्जिएको छ ।

आफ्नो साथीलाई पिसाव र थुकसहितको पानी खुवाएको भन्ने गुनासो आएपछी पिसाब र थुक मिसाएको पानी खुवाएको विद्यार्थीले पानी मात्रै भएको बताएपछी शिक्षकले पानी मात्रै हो भने तिमिहरु पनि यो पानी खाउ भन्दा खान नमानेपछी अनुशासन बाहिर गएका विद्यार्थीलाई कारबाही गर्नु शिक्षकको दायित्व हो होईन भन्ने प्रश्न पनि उब्जिएको छ ।

यता अधिकारबादी र सामाजीक सञ्जालका प्रयोगकर्ताहरुले समाचारको शिर्षकलाई आधार बनाएर विचार व्यक्त गर्ने गरेका छन भने घटनाको बिषयवस्तु केलाउँदा परिस्थितिजन्य देखिन्छ । साथीलाई पिसाव खुवाउने विद्यार्थीलाई कारबाही गर्नु ठिक हो या उनीहरुलाई पुरस्कृत गरिनुपथ्र्यो भन्ने प्रश्न पनि उब्जिएको छ ।

बिद्यालयमा गाँजा खाएर आउने अनि साथीभाईलाई कुट्ने र झगडा गर्ने, आफ्नै साथीलाई पिसाव खुवाउने विद्यार्थीलाई कारबाही नगर्ने हो भने हामी विद्यार्थीलाई कस्तो नैतिकता सिकाउँदैछौँ भन्ने कुराको पनि बिष्लेषण गर्नु जरुरी हुन्छ ।

यद्यपि विद्यार्थीको गल्ती होईन अर्थात सामान्य गल्तीमा अमानविय यातना दिएका हुन भने आरोपित प्रधानाध्यापकलाई हदैसम्मको कारबाही हुनु जरुरी छ । अन्यथा सामान्य बिषयलाई उचालेर राजनैतिक स्वार्थ पुर्तिका लागी घटनालाई अतिरञ्जित गर्न खोजीएको हो भने पक्के पनि यसले समाजमा नैतिकता पतन भएको अर्थ राख्नेछ ।

यस्तो छ बिभिन्न अनलाईनले समाचारमा उल्लेख गरेको घटनाक्रमः
रामेछापको लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुल्न आएको छ ।

पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् ।

प्रधानाध्यापक तिमिल्सिनाले भने उछृङ्खल गतिविधि गर्ने विद्यार्थीलाई सामान्य कारबाही गरेको बताएका छन् । प्रधानाध्यापक तिमिल्सिनाका अनुसार जेठ १ गते वुद्ध, लाक्पा र गणेश बुढाथोकीले आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाब र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आयो ।

त्यसपछि उनीहरुलाई कारबाहीस्वरुप त्यही पानी पिउन दिएको र नमाने पछि पाइपको टुक्राले हिर्काएको तिमिल्सिनाले बताएका छन । कारबाहीको क्रममा बोतलको पानी वुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमानेपछि मात्र पिसाब भएको खुलेको उनले बताएका छन ।

त्यसैगरी प्रधानाध्यापक तिमिल्सिनाले कक्षा ९ कि छात्रा ममिता तामाङलाई जेठ २ गते साथीसंग झगडा गरेको भन्दै कुटपिट गरेका छन् । प्रधानाध्यापक तिमिल्सिनाले ममिता गाँजा खाएर विद्यालय आउने र साथीहरुसंग झगडा मात्र गर्ने गरेकाले गालामा पाँच चट्कन हानेको बताएका छन ।

प्रधानाध्यापक माथिको गुनासोको विषयमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिले बैठक बोलाएको थियो । तर प्रधानध्यापक नआएपछि बहुमतको निर्णयमा प्रधानाध्यापकलाई हटाएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताएका छन । उनका अनुसार अब प्रहरीमा संयुक्त उजुरी दिने र कारबाहीको लागि सिफारिस गरिनेछ ।

प्रधानाध्यापक तिमिल्सिनाले भने ब्यवस्थापन समितिको बैठकबारे आफूलाई जानकारी नभएको, गाउँपालिका अध्यक्ष र वडाअध्यक्षसंग राम्रो सम्बन्ध नरहेकै कारण घटना तोडमोड गरेर आरोपित गरिएको बताएका छन । आफूलाई प्रधानाध्यापकबाट हटाउन गाउँपालिका अध्यक्ष र वडाअध्यक्षले खेल खेलेको उनले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्