२२ डिआईजीको सरुवा र पदस्थापन, को कहाँ परे ?
नेपाल प्रहरीमा २२ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा र पदस्थापन भएको छ । गृहमन्त्रालयले शुक्रबार साँझ २२ जना डिआईजीको सरुवा र पदस्थापन गरेको हो ।
गृहले महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा हालका प्रहरी प्रवक्ता मनोज न्यौपाने, एकेडेमीमा हालका सिआईबी प्रमुख पुष्कर कार्की, कार्य विभागमा छविलाल जोशी, अ.अ.विभागमा धिरु बस्न्यात र मानवस्रोतमा ज्ञानविक्रम शाहलाई पठाएको छ ।
त्यस्तै सिआईबीमा नारायणसिंह खड्का, विशेष ब्यूरोमा पिताम्बर अधिकारी र त्रिभुवन विमानस्थलमा कमल जिटीलाई पदस्थापन गरेको हो । यस्तै प्रदेश १ प्रमुखमा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपककुमार थापा, प्रदेश ४ मा दानसिंह बोहरा, प्रदेश ५ मा शेरबहादुर बस्नेतलाई पदस्थापन गरेको छ ।
यस्तै प्रदेश ६ मा सुरेशविक्रम शाह र प्रदेश ७ मा शरद चन्दले जिम्मेवारी पाएका छन् । यसैबीच ट्राफिक महाशाखाको प्रमुखमा एसएसपी बसन्त कुमार पन्तलाई पठाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्