सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

११ एसएसपीको सरुवा, १८० जना जवानको बढुवा

गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)को सरुवा गरेको छ । सरूवा हुनेमा साढे ३३ किलो सुनकाण्डका अभियुक्त दिवेश लोहनी समेत रहेका छन् ।

मोरङ जिल्ला अदालतमा मुद्दा खेपिरहेका लोहनी स्वतः निलम्बनमा परेका हुन् । उनलाई महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालयको जगेडा पुलमा सरुवा गरिएको छ ।

दिवेशको सट्टामा अपराध महाशाखामा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ । बढुवा तथा सरूवा भएर खाली भएका पदमा एसएसपीहरूको सरूवा गरिएको हो ।

यस्तो छ सरुवा भएका एसएसपीहरुको नामावली र पदस्थापन

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F05%2Fssp-transfer-2075-02-04.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

१८० जना प्रहरी जवान हवल्दारमा बढुवा
नेपाल प्रहरीमा १८० जना प्रहरी जवान हवल्दारमा बढुवा हुने भएका छन् । प्रहरीको बढुवा सिफारिस समितिले १८० जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न कारणले रिक्त रहेका पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । जनपद प्रहरीतर्फका १८० जना जवानलाई सोही समूह तर्फको हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको हो ।

प्रहरी जवानबाट हवल्दारमा बढुवा भएकाहरुको नामावली

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F05%2Fnep-police-docs.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्