सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्वप्रेमीले सेक्स भिडियो श्रीमानलाई पठाईदिएपछी

विवाहित युवतीसँग सामाजिक सञ्जाल फेसबुकबाट ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवा प्रहरी फन्दामा परेका छन् । पूर्वी नेपालकी एक युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्ने दैलेख घर भई हाल वीरेन्द्रनगर, पिपिरा बस्ने जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले बुधबार नियन्त्रणमा लिई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । प्रहरीका अनुसार ती युवतीको बिहेपूर्व जीवनसँग प्रेम सम्बन्ध थियो ।

उतिबेला मोबाइलबाट खिचेका भिडियो र तस्बिर युवतीका पतिलाई ‘फेक’ फेसबुक आइडीबाट पठाएपछि युवती तनावमा परेकी हुन् । जीवनले यसअघि पनि ब्ल्याकमेलिङ गर्दै एक लाख ८० हजार रुपैयाँ युवतीबाट असुलेको प्रहरीको भनाइ छ ।

पछिल्लोपटक युवतीसँग तीन लाख रुपैयाँ मागेका थिए । उनले रकम दिन इन्कार गरेपछि फेक फेसबुक आइडीबाट जीवनले वैदेशिक रोजगारीमा रहेका युवतीका पतिलाई अश्लिल भिडियो, तस्बिर पठाएका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले युवकविरुद्ध सार्वजनिक अपराध र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइने बताएका छन । हाल प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ ।

‘पीडित युवतीले जाहेरी नदिँदा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाउन समस्या भएको छ’, उनले भने, ‘साइबर क्राइमको अनुसन्धान महानगरीय प्रहरी परिसर काठमाडौंमा हुन्छ, मुद्दा काठमाडौं रिफर गर्नुपर्छ ।’ पीडितले जाहेरी ल्याउन ढिलाइ गर्दा केही समस्या भएको उनले बताएका छन ।

विद्युतीय कारोबार ऐनअन्तर्गत पीडितले जाहेरी दिन नमाने प्रहरीले प्राप्त प्रमाणका आधारमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कानुनी प्रक्रिया अघि बढाउने बताएको छ ।

कानुन व्यवसायी दुर्गा सापकोटा विद्युतीय अपराधजस्तो जघन्य अपराधलाई सार्वजनिक अपराधमा धेरै लामो समय अल्झाउनुभन्दा समयमै सम्बन्धित निकायमा पठाउनुपर्ने बताउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्