सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यौन अखडामा प्रहरीको छापा, ७ जना नियन्त्रणमा

काठमाडौं महानगरपालिका–१२ मयलबारी स्थित नाम समेत नभएको एक होटलमा प्रहरीले छापा मारेको छ । होटल सञ्चालन गरेको नाममा वेश्यावृत्ति गराउँदै आएको सर्वसाधारणको सुचनालाई पछ्याउँदै पुगेको प्रहरीले उक्त स्थानबाट अवैध यौन क्रियाकलापमा संलग्न दुई यौनकर्मीसहित सात जनालाई पक्राउ गरेको हो ।

 

रामेछापको बाम्ती भण्डार–२ स्थायी घर भएका होटलका मेनेजर विक्रम खड्कासहित अनैतिक क्रियाकलापमा संलग्न कञ्चनपुर घर भएकी रश्मि न्योपाने, सिन्धुलीकी सरिता कार्की, भारतीय नागरिक अंकित रेकवार र धादिङ्गका आकाश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, नाम समेत नभएको होटलको ब्यानरमा यौन अखडा सञ्चालन गर्ने मध्येका दोलाखाका प्रविन कार्की र जनक थापाले केश मिलाउनका लागी भन्दै प्रहरीलाई घुस खुवाउन लगेको १० हजारसहित कार्की र थापा समेतलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीले बताएका छन् ।

‘होटल सञ्चालकमध्येका दुई जनाले क्युआरटी ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार राउतलाई केश मिलाईदिनुस भन्दै १० हजार दिन खोज्दा उनीहरु दुवैलाई नियन्त्रणमा लिएका छौं’ डिएसपी क्षेत्रीले भने, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्