सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एकजनालाई बचाउन खोज्दा ४ बालिकाको डुबेर मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरुको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

पोखरीमा डुबेर ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेको इलाका प्रहरी कार्यालय लुम्बिनिका प्रहरी निरिक्षक पुरुषोत्तम रावतले जानकारी दिएका छन् ।

नुहाउन गएकी ती बालिकाहरु मध्ये एक जना डुब्न लाग्दा पालैपालो बचाउन गएका बाँकी तीन बालिकाहरुको सोही पानी पोखरीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिएका छन ।

बालिकाहरु डुबेको स्थान लुम्बिनीदेखि झण्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ । वडा नं ११ का अध्यक्ष अकरामद्धिन खाँले पोखरीमा बालिका डुबेको देखेर स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालिएको थियो ।

प्राकृतिक रुपमा रहेको उक्त पोखरीका त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयवासीले बताएका छन् । उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS