सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दुतावासकै कर्मचारी मेनपावर व्यवसायमा रहेको खुलासा

मलेसियास्थित नेपाली दूतावासमा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रहेको रहश्य खुलासा भएको छ । दूतावासका सवारी चालक प्रविन प्रधान ‘उत्सव एचआर सोलुसन प्रालि’ पिङ्गलास्थान–९ गौशालाको कार्यकारी निर्देशक रहेको पाइएको हो ।

प्रधान नेपाली दूतावास मलेसियाको प्रशासन विभागतर्फको सवारी चलाउँछन् । उनले विभिन्न कम्पनीहरुमा पुगेर नेपाली कामदारहरुको मागपत्र लिने र दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको खुलेको छ ।

उनी दूतावासका कर्मचारीका रुपमा कम्पनीमा पुगेर सम्बन्ध बनाउने र दूतावासमा म्यानपावर व्यवसायीको सेटिङ मिलाउने काममा संलग्न रहेको स्रोतको दावी छ ।

मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुसँग आर्थिक मिलेमतो गरेर पासपोर्टसमेत बनाउने धन्दामा समेत उनको संलनता देखिएको छ ।

प्रधानले त्यसका लागि तीन हजार मलेसियन रिंगेट लिने गरेका छन् । दूतावासले यस विषयमा आवश्यक छानवीन गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS