दुई ओटा कालो हिरा ३ करोडमा, पक्राउ परे ८ जना
काठमाडौंको लैनचौरमा कालो हिराको कारोबार गरिरहेका ८ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । कालो हिराको कारोबारी पक्राउ परेसँगै लैनचौर इलाकामा कालो हिराको कारोबार हुने गरेको खुलासा भएको छ ।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सुराकीका आधारमा खोजतलास गर्दै जाँदा लैनचौरका रमेश रजकले दुई वटा कालो हिरा ३ करोड रुपैयाँमा विक्री गर्न बार्गेनिङ गरिरहेको अवस्थामा उनीसहित अन्य ८ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका अन्यको नाम भने खुलाइएको छैन । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्