सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजसंस्था र हिन्दु राष्ट्र अब राप्रपाको मूल मुद्दा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक बुधबार बिरगञ्जमा सम्पन्न भएको छ । बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गरेको छ ।

निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली काँग्रेससँगको तालमेललाई पराजयको मूल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गरेको छ ।

पार्टीले जेठ देखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ ।

केन्द्रिय परिषदको बैठक सकिएपछी आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले प्रजातन्त्र र संविधानको आवरणमा सर्वसत्तावाद कायम हुने खतरा बढ्दै गएको बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्