सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुढो आउने भएपछी दुधे छोरी छाडेर पैसासहित टाप

पाल्पाको तानसेन नगरपालिका–१२, बौघापोखराथोककी तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर वेपत्ता भएकी छन् । परदेशमा रहेका श्रीमान् नेपाल आउने थाहा पाएपछि तुलसा छोरीलाई घरमै छोडेर हिँडेकी ससुरा दलबहादुर विकले जानकारी दिएका छन ।

२० वर्षीया तुलसा गएको आइतबारदेखि पैसा र गरगहना लिएर सम्पर्कविहीन भएको भन्दै दलबहादुरले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजीका लागि निवेदन दिएका छन् । तुलसाका श्रीमान अमर त्यही दिन काठमाडौं आइपुगेका थिए । तुलसा पैसा निकाल्न बैङ्कमा जान्छु भनेर घरबाट हिँडेको ससुराले बताएका छन ।

तुलसाकी सासू उजेली र ससुरा दलबहादुरका अनुसार छोरोले डेढ वर्षमा बुहारीकै नाउँमा दुबईबाट पठाएको झण्डै ६ लाख रुपैया र ३ तोला सुनका गरगहना लिएर उनी हिँडेकी हुन् ।

श्रीमान विदेश गएपछि तुलसा धेरै समय मोबाइलमै व्यस्त हुने गरेको सासूससुराले बताएका छन् । ‘पाइखाना जाँदा पनि कानमा तार लगाएर कुरा गर्थी’, सासु उजेलीले भनिन, ‘बुहारीलाई त्यै फोनले बिगार्यो ।’ नातिनी आमा खोज्दै रातदिन रुने र खाना खान पनि नमानेको सासुले बताएकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्