दुई बुँदे सहमति भएपछी फोरम पनि सरकारमा
सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेभएको छ ।
सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमतिको पहिलो बुँदामा भनिएको छ–‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ ।’ दोस्रो बुँदामा फोरम ओली सरकारमा सहभागी हुने सहमति छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्