सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नक्कली कागजपत्र बनाउने पत्रकार परे फन्दामा

सरकारी कागजपत्र किर्ते अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय दिपकबहादुर खत्री र ३१ वर्षीय देवराज साउद रहेका छन् । पक्राउ परेका देवराज साउद पुलेसो डटकमका पत्रकार हुन् ।

विभिन्न सरकारी संस्था तथा कम्पनीका छाप तथा दस्तखत कीर्ते गरी नक्कली डकुमेन्ट बनाएको आरोपमा सुर्खेतका खत्री र कञ्चनपुरका साउदलाई प्रहरीले बागबजारबाट पक्राउ गरेको हो ।

खत्रीले बागबजारमा सञ्चालन गर्दै आएको यामाटो एजुकेशन प्रा.लि. र साउदले पुतली सडकमा सञ्चालन गर्दै आएको आर्यन इन्टरनेशनल एजुकेसनल प्रा.लि.को आडमा उक्त धन्दा सञ्चालन हुँदै आएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन ।

बिशेष सुचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले उक्त प्रा.लि.हरुमा खानतलासी गर्दा विभिन्न सरकारी कागजातहरु, शैक्षिक प्रमाणपत्र, भारतको उत्तर प्रदेशको विभिन्न व्यक्तिको नामको शैक्षिक प्रमाणपत्र फेला परेको छ ।

विभिन्न सरकारी कार्यालयको सरकारी कागजहरु, विभिन्न शैक्षिक संस्थाहरुको प्रमाणपत्र र भारत उत्तर प्रदेशका शैक्षिक संस्थाहरुको प्रमाणपत्र किर्ते गरी डेढ लाखमा बिक्री गर्ने गरेको पाइएको एसएसपी सिंहले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्