सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रेशम चौधरीलाई रिहाई गर्न सरकारलाई राजपाको दबाव

राष्ट्रिय जनता पार्टी, नेपालले टिकापुर हत्याकाण्डमा जेल सजाय काटिरहेका पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ ।

पार्टीको बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीलाई रिहा गर्न माग गरेको हो ।

चौधरीलाई रिहा गरी सपथको व्यवस्था गर्नु पर्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिएका छन । साथै टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल भएको नेता यादवले बताएका छन । राजपाको बैठकमा पार्टी संसदीय दल विधान निर्माणबारे पनि छलफल भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्