सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

घरायसी विवादमा परमेश्वरद्धारा श्रीमतीको हत्या

सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेका हुन ।

घटनास्थलमा हत्या गर्न प्रयोग भएको घरेलु हतियार भेटिए पनि हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिएका छन । सविताको शव परीक्षणका लागि जिल्ला अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

नेपाल—भारत सीमाबाट करीब ५०० मिटरको दूरीमा मात्र रहेको घटनास्थलबाट अभियुक्त यादव सीमापार हुनसक्ने सम्भावना रहेकाले सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाइ गरिएको प्रहरी नायब उपरीक्षक भेटवालले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्