सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रहरी देखेपछी अपराधी मुटु थररर काँप्नुपर्छः सर्वेन्द्र

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देखेपछि अपराधीको मन थररर काप्नुपर्ने बताएका छन् । शुक्रबार संघीय प्रहरी कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा उनले भने–‘नागरिकले प्रहरीको बारेमा राम्रो सोच्नुर्पयो, अपराधी काँप्न र्पयो, अपराधीको मन थररर काँप्न र्पयो । त्यसैका लागि तपाईंहरुले बर्दी लगाउने हो ।’

उनले प्रहरी जनताको सेवक भएकाले जनताले राम्रो भन्नुपर्ने र त्यसका लागि काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका छन । उनले अगाडी भनेका छन–‘नागरिकका लागि प्रहरी हो । प्रहरी आफैंमा जागिर खाएर हिँड्नका लागि मात्रै होइन यो, नागरिकलाई सर्भिस दिनका लागि हो ।’

प्रहरी भित्रको गलत प्रवृतितर्फ इंगीत गर्दै उनले भनेका छन–‘मैले सबैलाई राम्रो देखेको छु नराम्रा छन् भने पनि सुधार गरेर जानुपर्छ । केही न केही गलत हुनसक्छ । सामाजिक परिवेष नबुझेर हुन सक्छ, अभावले केहि हुन सक्छ’ उनले भने ‘तर अभावले गरेको भनेर कानुनले क्षम्य गर्दैन । त्यसका लागि सबै सचेत हुनुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS