रौतहटमा १२ बर्षिय बालकको अपहरणपछी हत्या
रौतहटको कटहरिया नगरपालिका–९ डुुमरियाका दीलिप साहका १२ वर्षीय छोरा युवराज साहको अपहरणपछि हत्या भएको छ । हत्या गरिएका युवराजको शव गढिमाई नगरपालिकास्थित बागमती नदी किनारबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको शवको टाउकोमा चोट देखिएकाले लठ्ठी अथवा काठले टाउकोमा हानेर हत्या गरीएको हुनसक्ने रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राम कुमार दानीले बताएका छन ।
मृतक युवराजको अपहरण तथा हत्यामा संलग्न रहेका ५ जना स्थानीयलाई पक्राउ गरिसकेको डिएसपी राम कुमार दानीले बताएका छन । पक्राउ परेकाहरुको बयानको आधारमा नाबालकको शव बरामद गरिएको डिएसपी दानीले जानकारी दिएका हुन ।
हत्याको कारण भने अझै खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।
परिवारका अनुसार शनिवार राती मृतक साह खाना खाएर आफ्नै कोठामा सुुतिरहेका थिए । आइतबार बिहान दाई निरञ्जन साह मोबाइल खोज्दै भाई सुुतेको कोठामा जाँदा मोबाइलसँगै भाई युवराज बेपता भएको थाहा पाएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्