सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युवती बलात्कार गर्ने प्रयास गरेपछी स्याल पक्राउ

आफ्नै बारमा काम गर्ने युवतीमाथी बलात्कार प्रयास गरेको अभियोगमा काभ्रेली समूहमा आबद्ध गुन्डा सञ्जिव लामा उर्फ स्याल पक्राउ परेका छन् ।

काठमाडौंको दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक स्यालले होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिएका छन ।

काभ्रेको दाप्चा स्थायी घर भएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनी काभ्रेली समूहका तीर्थ लामाको निकट रहेको प्रहरी रेकर्ड छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्