सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नाकढुंगाबाट भारतीय गाडीमा ३ किलो सुन भेटियो

प्रहरीले काठमाण्डौबाट बाहिरिन लागेको भारतीय गाडीमा तस्करी हुन लागेको तीन किलो ६ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । नागढुंगामा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा युके ०२–४६८४ नम्बरको भारतीय गाडीबाट तीन किलो सुन बरामद गरेको हो ।

प्रहरीले सुन तस्करीमा संलग्न भारत चम्पराका दिपककुमार मोर्रे र महेन्द्रनगरका मनोज विकलाई नियन्त्रणमा लिएको हो । सुन तस्करीमा संलग्न थप तीन जना सजना साह, अशोककुमार र समरमोहन जोशीलाई होटल एल्लो प्यागोडाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले गाडीको एयरफिल्टरमा लुकाएर सुन काठमाण्डौबाट बाहिर लान लागेका थिए । महानगरिय प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार मारुती गाडी शुक्रबार महेन्द्रनगर छिरेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार पहिला प्रहरीलाई उक्त गाडीमा हतियार छ भन्ने सूचना आएको थियो । पछी गाडी रोकेर खानतलासी गर्दा सुन भेटिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्