सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पहिरो जाँदा बाटामा हिँडिरहेका ४ जनाको मृत्यु

शनिबार दिउँसो गएको पहिरोमा परी बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा चारजनाको मृत्यु भएको छ । पहिरोमा परि ज्यान गुमाउने ४ जना मध्ये ३ जना एकै परिवारका रहेका छन ।

पहिरोमा परी मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजेलीदेवी थापा, उनकी ३२ वर्षीया बुहारी महेश्वरी थापा र महेश्वरीका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेका छन ।

मृतक महेश्वरी थापा वडा नं. ६ की महिला स्वास्थ्य स्वयंसेविका हुन् । बझाङ प्रहरीले दिएको जानकारी अनुसार चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको गाउँ नजिकै रहेको शिव मन्दिरमाथीबाट पहिरो जाँदा मृत्यु भएको हो ।

पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्