सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दोस्रो पटक यौन सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या

पर्साको जगरनाथपुरमा प्रेमीकाले दोश्रो पटक यौन सम्पर्क गर्न नमान्दा प्रेमीले उनको हत्या गरिदिएको घटना सार्वजनिक भएको छ । भारत घर भएकी १८ बर्षीया बनिताकुमारी चौधरीको उनका प्रेमी १९ बर्षीय प्रमेन्द्र चौधरीले हत्या गरेका हुन ।

मृतक बनिताकुमारी भारतको बिहारमा पर्ने बगाहा घर भइ हाल पर्साको जगरनाथपुर गाउँपालिका ४ मा काका नर्सिङग चौधरीसँग बस्दै आएकी थिईन । बनिताको हत्या गर्ने उनका प्रेमी प्रमेन्द्र चौधरी जगरनाथपुर–४ कै स्थायी बासीन्दा हुन ।

असार २८ गतेदेखि घरबाट हराएकी बनिताको शव जगरनाथपुर गाउँपालिका ४ सुहपुरस्थित गंगोली भन्ने भलुवाही खोलाको छेउमा असार ३१ गते भेटिएको थियो । यद्यपी हत्याको कारण भने ढिलामात्र खुलेको हो ।

प्रहरीका अनुसार बनिता र प्रमेन्द्रबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाइ भलुवाही खोलाको खरबारीमा बोलाएका थिए ।

खरबारीमा प्रमेन्द्रलाई भेट्न पुगेकी बनिता र प्रमेन्द्रबीच पहिलो पटक यौन सम्पर्क भएपछि प्रमेन्द्रले फेरि दोश्रो पटक यौन सम्बन्ध राख्न खोज्दा बनिताले नमानेपछि प्रमेन्द्रले उनको घाटीमा सल बेरेर हत्या गरेका थिए ।

हत्यापछि प्रमेन्द्रले बनिताको शव घिसारेर खोलाको किनारमा लगेर खाल्डो खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन ।

प्रेमीका बनिताको हत्या गरेका प्रेमी प्रमेन्द्रलाई प्रहरीले पक्राउ गरिसकेको छ । आफनै घरमा लुकेर बसेको अवस्थामा शनिबार प्रमेन्द्र पक्राउ परेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिएका छन । प्रहरीका अनुसार प्रमेन्द्रले बनिताको हत्या गरेको स्वीकार गरिसकेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्