भारतले सगरमाथाको पानीबाट मिनरल वाटर बनाउने
भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले मोदीसँग शनिबार दिउँसो भेट गरेका हुन ।
मोदी र दाहालबीच भएको भेटमा पछिल्लो पटक दुई देशका प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सहमति, दुई देशको आपसी हित र विकास निर्माणको बिषयमा छलफल भएको बताईएको छ ।
प्रचण्डको निजी सचिवालयले जारी गरेको प्रेश विज्ञप्तीमा जनाईए अनुसार मोदी र प्रचण्डबिचको भेटका क्रममा नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बिषयमा कुराकानी भएको छ ।
प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि स्मरण गराएको बताईएको छ । दाहालको निजी सचिवालयद्धारा जारी प्रेस नोटमा भनिएको छ–‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ ।’
नेकपा अध्यक्ष दाहालले शनिबार नै भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंह र भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग पनि भेटघाट गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्