सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानका ठुला कम्पनी दशककै धेरै तलव बढाउँदै

जापानका ठूलो व्यापारिक घराना र कम्पनीहरुले दशकौं यताकै धेरै तलब वृद्धि गर्दैछन् । यस वर्षको वार्षिक तलब वृद्धिसम्बन्धी कर्मचारी संगठन र कम्पनी व्यवस्थापनबीचको वार्ता पछि निशान मोटर र हिताचीले सो निर्णय गरेका हुन् । निशानले मासिक तलब औसतमा १२ हजार येन बढाउँदैछ । यो कम्पनीले गर्न लागेको सन् २००४ यताकै ठूलो तलब वृद्धि हुनेछ ।

कम्पनीले वार्षिक बोनस पनि श्रम संगठनको अनुरोध अनुसार बढाएर साढे ५ महीनामा पुर्याएको छ । यस अघि नै टोयोटाले पनि २० वर्ष यताकै धेरै तलब बढाउन सहमति गरिसकेको थियो भने होन्डाको तलब वृद्धि ३० वर्षभन्दा बढी समययताकै धेरै छ । अहिले अटो उद्योगमा मात्रै यो प्रवृत्ति सीमित छैन । इलेक्ट्रोनिक्स निर्माता हिताचीले पनि न्यूनतम् मासिक तलब ७ हजार येन बढाउँदैछ । यो वृद्धि सन् १९९८ यताकै धेरै हो ।

साप्पोरो ब्रुअरिजले पनि न्यूनतम तलब मासिक ९ हजार येन बढाउने भएको छ । यो पनि ४० वर्षयताकै धेरै वृद्धि हो । अहिले खाद्यान्न देखि पेट्रोलसम्म हरेक दैनिक उपभोग्य सामानको भाउ बढेको अवस्थामा प्रधानमन्त्री फुमिओ किशिदाले कम्पनीहरुलाई उच्च दरमा तलब बढाउन अनुरोध गरिरहेकै समयमा आएको छ ।

एक वर्ष अघिको तुलनामा जनवरीमा जापानमा कोर उपभोक्ता मूल्य ४ दशमलव २ प्रतिशतलेृ बढेको थियो । यो सन् १९८१ को सेप्टेम्बरयताकै उच्च हो । कम्पनीहरुको तलब वृद्धिले कर्मचारीहरुलाई केही भएपनि राहत मिल्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्