रोल्पामा गोली हानी तरुण दलका नेताको हत्या
आईतबार साँझ रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा गोली चल्दा एक युवकको मृत्यु भएको छ । गोली लागेर रोल्पा नगरपालिका–२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका रोहित तरुण दल लिवाङ नगर समितिका अध्यक्ष हुन् । भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चल्दा पुनको देब्रे छातीमा गोली लागेको थियो । घटना लगत्तै उनलाई स्वास्थ्य केन्द्र पुर्याएपनि उनको मृत्यु भईसकेको थियो ।
गोली चलाएको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रोहित पुनको हत्या भएकोमा कांग्रेसले घटनाको भत्र्सना गरेको छ । साथै इलाका प्रहरी कार्यालय सुलिचौरबाट १५ मिटरको दुरीमा घटना हुँदा पनि प्रहरी मुकदर्शक भएको भन्दै कांग्रेसले यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्