सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

देउवाले राखे प्रधानमन्त्रीको नाम करप्रसाद ओली

काग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको नयाँ नाम जुराएका छन । सभापति देउवाले प्रधानमन्त्री ओलीको नाम अब कर प्रसाद ओली राख्नु पर्ने अवस्था आएको बताएका छन ।

आईतबार बर्दियाको गुलरियामा पार्टीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सरकारले अन्धाधुन्द तरिकाले कर बृद्धि गरेको आरोप लगाएको छन । गर्छु भन्ने तर केही नगर्ने कम्युनिष्ट सरकारको बानीले जनता मर्कामा परेको पनि देउवाले आरोप लगाए ।

कार्यक्रममा महामन्त्री शशांक कोईरालाले बिदेश गएका युवाहरुलाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । महामन्त्री कोईरालाले सबैभन्दा पहिला देशमा रोजगारीको सिर्जना गर्नु पर्ने बाध्यात्मक स्थिति रहेको समेत बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS