सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

फुजेल काण्डका १२ लाई सफाई, स्वागत गर्न प्रचण्ड

फुजेल काण्डले चर्चित गोरखाको फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्याका प्रतिवादी १२ जनालाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ । जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला सुनाएको हो ।

अदालतले सफाइ दिएकाहरुमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र (ख), कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायत रहेको जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले बताएका छन ।

फरार भनिएका आयरल्याण्डमा रहेका भनिएका प्रतिवादी रुद्र आचार्यको हकमा भने पछि फैसला हुने अदालतले जनाएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा चितवनबाट अपहरणपछि हत्या भएको थियो ।


अदालतबाट सफाई पाएका छविलाल पौडेल

प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको बेला अपहरणमा परेका उनको रत्ननगरको बकुलहरमा हत्या गरिएको अवस्थामा शब भेटिएको थियो । घटनाको जिम्मा तत्कालीन नेकपा माओवादीले लिएको थियो ।

मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । लामो समय मुद्दा दायर नभएपछि बाबु नन्दप्रसाद र आमा गंगामायाले अनशन थाले र २०७० चैत ३० गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो । तर, पुनरावेदन हुँदै सर्वाेच्चमा निवेदन पुगेपछि छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै अनसन बसेका बेला हत्या गरिएका कृष्णप्रसादका बुवा नन्दप्रसादको निधन भयो । पछिल्लो पटक गंगामाया अनसनमा बसेपछि छविलाल पौडेलले २४ असारमा सर्वोच्चमा आत्मसमर्पण गरेका थिए ।

उनी अहिले डिल्लीबजार कारागारमा छन् । कृष्णप्रसाद अधिकारीको हत्यामा जिल्ला अदालत चितवनले सफाइ दिएपछि छविलाल पौडेल भोलि विहान छुट्ने भएका छन् ।

जिल्ला अदालतले डिल्लीबजार कारगारलाई पत्र लेखेर अन्य ब्यहोराले थुनामा राख्न नपर्ने भए पौडेललाई थुनामुक्त गर्न भनेको छ । स्रोतका अुनसार छविलाल पौडेल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने कार्यक्रम तय भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS