सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मला हत्याकाण्ड; दिलिपसँगै बम दिदिबहिनि रिहा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वलात्कार पछी हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँगै बम दिदीबहिनी रोशनी र बबिता पनि रिहा भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । १४ वर्षीय रोशनी बमलाई साधारण तारेखमा छाडिएको छ भने दिदी १८ वर्षीय बबिता बमलाई ३० हजार धरौटीमा छाडिएको छ ।

प्रहरीले घटनाको २४ दिनपछि भदौ ४ गते बिष्ट नै घटनाका मुख्य अभियुक्त भनेर पक्राउ गरेको थियो । तर प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि तत्कालिन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी केन्द्रमा तानिएका थिए ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको शव गत साउनको दोस्रो साता साथी रोशनीको घरमा गएको भोलिपल्ट हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भनेको छ–‘निर्मलाको डिएनएको प्रोफाइल तयार भएको छ । उनको शरिरमा भेटिएको अपराधीको डिएनएसँग बिष्टको डिएनए मिलेन । त्यही भएर विष्टलाई रिहा गर्ने निर्णय भएको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्