सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

को होला त भावी आईजिपी ? तिन डिआईजीको बढुवा

भावी आईजिपीको दाबेदारको रुपमा हेरिएको एआईजी बढुवाको गाँठो अन्तत; टुंगो लागेको छ । लामो रस्साकस्सी र बहषकाबिच गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि तीन प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरेको हो ।

मंगरबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षक पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई अतिरिक्त महानिरिक्षक पदमा सिफारिस गरेको हो । बढुवाको रोलक्रमअनुसार पुष्कर कार्की पहिलो नम्बरमा सिफारिस भएका छन् । भने तेस्रो नम्बरका डिआइजी राई दोस्रो नम्बरमा सिफारिस भएका छन् ।

दोस्रो वरियताका डिआइजी मनोज न्यौपाने बढुवा सिफारिसमै परेका छैनन् । चौथो नम्बरका बस्नेतलाई गृहले तेस्रो नम्बरमा सिफारिस गरेको छ । गृहले पन्ध्र जनाको दरबन्दी रहेको एआइजी दरबन्दी संख्या घटाएर तीन जनामा झारेको थियो ।

तीन जनाको दरबन्दीमा पाँच डिआइजी बढुवाको दौडमा थिए । दोस्रो नम्बरका न्यौपानेसँगै पाँचौं नम्बरका सुरेशविक्रम शाह पनि बढुवाको सिफारिसमा परेनन् । बढुवामा परेका सबै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्