सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पहिरोमा घाईते २ को उपचार अभावमा मृत्यु

मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । पहिरोमा पुरिएका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो ।

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पुर्याउन नसक्दा उनीहरुको मृत्यु भएको हो । पहिरो आएपछी घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्