गच्छदारसँगै ‘गुण्डा नाइके’ गणेश लामा पनि कांग्रेस
पार्टी एकतापछि विजयकुमार गच्छदारसँगै ‘गुण्डा नाइके’ गणेश लामा पनि अब नेपाली काँग्रेसका नेता भएका छन् । सोमबार बालुवाटारमा भएको एकता सभामा समेत उनी आएका थिए ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा बसेको आसनभन्दा ठिक पछाडि बसेका थिए । लामा गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन् । दोस्रो संविधानसभा चुनावमा उनी फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए ।
उनी विरुद्ध ३ वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अपराधिक गतिविधिबाट पैसा कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अँझै विचाराधिन छ ।
लामा सुरूमा बाउन्सर थिए । त्यसपछि दीपक मनाङेसँग ठमेलक्षेत्रमा ‘गुण्डागर्दी’ सुरू गरे । मनाङे जेल परेपछि उनले काभ्रेली समूह बनाए । प्रहरीले निकै दुख दिन थालेपछि उनी पाँच वर्ष अघि गच्छदारको पार्टीमा छिरेका हुन् । त्यसयता उनलाई गच्छदारले नै संरक्षण गर्दै आएका थिए ।
अपराधिक पृष्ठभूमी भएका यस्ता ‘डन’हरूलाई राजनीतिक दलले संरक्षण दिँदै आएको नौलो होइन । केही अघि दीपक मनाङेलाई एमालेले पार्टी प्रवेश गराएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्