किशोरीलाई अब बलात्कारीको आँखा फुटाउने तालिम
बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ ।
रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागेको हो । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन् । गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको तथ्यांक प्रहरीसँग छ ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको बताएका छन । एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने प्रवक्ता थापाको भनाइ छ ।
यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्