सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हङ्कङ्मा आएको समुद्री आँधीको असर नेपालमा

फिलिपिन्समा आएको ‘सुपर टाइफुन म्याङ्कुट’ नामक आँधीको अप्रत्यक्ष असर नेपालमा समेत परेको छ । शनिवार हङ्कङ्लाई ट्रान्जिक बनाएर जापान लगायतका बिभिन्न देश जान त्रिभुवन विमानस्थल पुगेका सयौँ यात्रुहरु विमानको उडान तालिका स्थगित भएपछी अलपत्र परेका छन ।

गएराति देखि फिलिपिन्समा सक्रिय भएको टाईफुन (ताईफु) म्याङ्कुट आँधी भोली बिहान हङ्कङ आईपुग्ने भएपछी हङ्कङ् विमानस्थल हुँदै उड्ने सम्पुर्ण उडानहरु रद्ध गरिएको छ । जसले गर्दा शनिबार राति काठमाण्डौबाट उडेर भोली बिहान हङ्कङ् पुग्ने सबै उडानहरु रद्ध गरिएका छन ।

एक्कासी उडान रद्ध हुँदा राति विमानस्थल पुगेका यात्रुहरु विचल्लीमा परेका छन । ट्राभल एजेन्सीको लापरबाहीका कारण समयमै सुचना नपाउँदा यात्रुहरु रातको ९/१० बजे कहाँ फर्कने र कहाँ बस्ने भन्ने कुराले अन्यौलमा परेका छन ।

सम्बन्धित एयरलाईन्सले आज उडान रद्ध भएको बताउँदै यात्रुहरुलाई भोली भारत हुँदै अन्य विमानहरुमा स्थानान्तरण गरिएको जानकारी गराएको यात्रुहरुले बताएका छन । खासगरी क्याथि ड्रागन हुँदै ११ः१० को समय तालिकामा हङ्कङ् उड्न विमानस्थल पुगेका यात्रुहरु अप्ठेरोमा परेका छन ।

अन्र्तराष्ट्रिय सञ्चार माध्यम र क्याथी ड्रागनको वेभसाईटमा दिईएको जानकारी अनुसार यो समुद्री आँधी आईतवार र सोमबार सक्रिय रहनेछ । मंगलबारबाट आँधी सामान्य हुँदै गए पनि हङ्कङ् विमानस्थल कहिले देखी सुचारु हुन्छ भन्ने बिषयमा भने यसै भन्न नसकिने अधिकारीहरुले बताएका छन । सम्भवत मंगलबारबाट हङ्कङ् विमानस्थल सुचारु हुने अपेक्षा गरिएको छ ।

फिलिपिन्समा वर्षकै शक्तिशाली भनिएको ‘टाईफुन म्याङ्कुट’ नामक आँधीले फिलिपिन्सको उत्तरी तटीय क्षेत्रमा बिध्वंस मच्चाउन शुरु गरेको छ । गए राति नै लुजोन द्वीपमा आँधीका कारण त्यो क्षेत्रमा विजुली आपूर्ति पुर्ण रुपमा बन्द भएको छ ।

२०० किलोमिटर प्रतिघन्टाको बेगमा अघि बढिरहेको शक्तिशाली ताईफु (टाइफुन) म्याङ्कुटको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् । अधिकारीहरूले ३३० किलोमिटर व्यास भएको सो आँधीले कमजोर संरचनाहरूमा निकै ठूलो क्षति पुर्याउने चेतावनी दिएका छन् ।

अधिकारीहरूले बताए अनुसार आँधीका कारण ६ मिटरसम्म अग्लो छाल बन्न सक्ने र ठूलो वर्षा हुन सक्ने छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने कागायान, उत्तरी इसाबेला, अपायाओ र आब्रा प्रान्तहरूमा दोस्रो उच्च तहको सतर्कता घोषणा गरिएको छ ।

शक्तिशाली आँधी म्याङ्कुट फिलिपिन्सको उत्तरपूर्वी बगाओमा शनिवार विहान १ बजेर ४० मिनेटमा प्रवेश गरेको बताइन्छ ।स्थानीय भाषामा ‘ओमपोङ’ नाम दिइएको सो आँधी ३५ किलोमिटर प्रतिघन्टाको वेगमा उत्तर पश्चिमतर्फ यात्रा गरिरहेको छ ।

आगामी आइतवार दिउँसोसम्ममा हङ्कङ पुग्ने बताइएको छ । हङकङका अधिकारीहरूले आँधी नजिकिँदै जाँदा आँधी सम्भावित क्षेत्रका मानिसलाई घरभित्रै बस्न आह्वान गरेका छन् । मौसमविद्हरूले हङकङको सिमानामा आउन लागेको म्याङ्कुट एक दशक यताकै शक्तिशाली हुन सक्ने बताएका छन् ।

आउँदो मंगलवारसम्म म्याङ्कुट आँधी केही शान्त हुने ठानिएको छ । दर्जनौँ प्रान्तहरूमा आँधीबारे चेतावनी दिइसकिएको छ । सामुद्रिक र हवाइ यात्राहरूमा रोक लगाइ सकिएको छ । विद्यालयहरू बन्द गरिएका छन् र विपद् व्यवस्थापनका लागि सेना तयार भएर बसेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS