कालिगण्डकीमा किन हाम फालिन १७ बर्षिया किशोरीले
फेसवुकमा सुसाइड नोट पोष्ट गरेर म्याग्दीको बेनी नगरपालिका–५ घर भएकी सोनिया क्षेत्रीले बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडी कालीगण्डकी नदी किनारबाट हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविको कक्षा ११ मा अध्ययनरत क्षेत्री जलजला ३ बौरमा बस्दै आएकी थिइन । प्रहरीले कालीगण्डकी नदी किनारमा खोजी कार्य सुरु गरेको छ ।
फेसबुकमा उनले लेखेकी छिन–‘तिमिहरुलाई म मरेको हेर्न आतुर भएको होला ! आज म तिमिहरुको ईच्छा पुरा गर्दैछु बधाई छ । म खुशि भएको हेर्न नसक्ने तिमिहरु रमाउनु, पार्टी दिनु, तिमिहरुले जितेउ मैले हारेँ । गुड वाई !’










फेसबुकबाट कमेन्ट गर्नुहोस्