विदुरमा फस्टाउँदै यौन व्यवसाय, ५ जना पक्राउ
नुवाकोटको विदुरमा अबैध यौनधन्दा फस्टाउन थालेको छ । अबैध रूपमा यौन धन्दा चलेको गुनासो आएपछी प्रहरीले चलाएको अभियानका क्रममा विदुरबाट यौन व्यवसाय संचालन गरेको आरोपमा तीन महिलासहित पाँच जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा बिदुर नगरपालिका–२ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका–३ की ४० वर्षीया सुवानी लामा, बिदुर नपा–१२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नपा–१२ का २२ वर्षीय रमेश अर्याल र विदुर नपा–५ का ४० वर्षीय सुरेन्द्र कुमाल रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवँरले बताएका छन ।
पक्राउ परेकाहरुले रोजगारीको खोजीमा रहेका १५,२१ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै देह व्यापारमा लगाइएको फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको नुवाकोट प्रहरी प्रमुख कुँवरले बताएका छन । पिडितहरुले जिल्ला अदालत नुवाकोटमा होटल संचालकले काम लगाइदिने भन्दै ल्याएर देहव्यापारमा लगाएको समेत बयानमा बताएको प्रहरीले बताएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्