सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शुक्रबारदेखी खुल्ने भनिएको दशैंको टिकट नखुल्ने

भोली शुक्रबार देखी दशैंका लागी बसको अग्रिम टिकट खुला गर्ने भनिएको बस व्यवसायीहरूले दशैंको अग्रिम टिकट नखोल्ने निर्णय गरेका छन् । यसअघि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र प्रहरीबिच बसेको त्रिपक्षिय बैठकमा भोलि (शुक्रबार)देखि दशैंका लागी अग्रिम टिकट बुकिङ खोल्ने भनिएको थियो ।

बिहीबार साँझ बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै बुकिङ नखोल्ने निर्णय गरेको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन ।

सरकारले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । आफूहरूले मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग राखे पनि सरकारले सुनुवाइ नगरेकाले यस्तो निर्णय लिनु परेको यातायात व्यवसायी महासंघका महासचिव सिटौलाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्