सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौ गन्हाएपछी शहर हेर्न शाक्य अमेरिका

सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताइरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमतीसहित १० जनाको टोली लिएर अमेरिका गएका छन ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोरको डंगुर छाडेर पत्नी सुचिता शाक्यसहित अमेरिका लागेका हुन । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ ।

सरकारी पदमा रहेका व्यक्तिको अनावश्यक विदेश भ्रमण रोक्न कडाइ गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ ।

सरकारले अनावश्यक वैदेशिक भ्रमण नियन्त्रण गर्न ‘वैदेशिक भ्रमण निर्देशिका २०७४’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । तर, व्यवहारमा कान्र्यान्वयन हुन सकेको छैन । निर्देशिका विपरीत भएको मेयरको भ्रमणबारे आफूलाई जानकारी नभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले बताएका छन ।

अवलोकन भ्रमण भन्दै मेयर शाक्य जम्बो टोली लिएर श्रीमतीसमेत लिएर अमेरिका गएकोमा महानगरपालिका भित्रै असन्तुष्टि रहेको स्रोत बताउँछ । उपत्यकाका विकास सम्बन्धी काममा चासो नदिएको, फोहोर उठाउन नसकेको लगायतका विषयमा मेयर शाक्य आलोचित छन ।

समयमा फोहोरसमेत उठाउन नसक्दा उपत्यकाका ठाउँ ठाउँमा फोहोरको डंगुर छ । सहायक प्रवक्ता भन्छन–‘अमेरिकाको सहर हेर्न जानुभएको हो ।’ काठमाडौं सहरको सौन्दर्य जोगाउन नसकेको आरोप खेप्दै आएका मेयर शाक्य नेतृत्वको टोलीले अमेरिकाको भर्जिनियास्थित फ्रेडिक्सबर्ग सहर अवलोकन गर्नेछ ।

काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको फ्रेडिक्सबर्ग सहर अवलोकनका लागि मेयरसहितको टोली गएको महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले बताएका छन । सबैजना महानगरकै खर्चमा गएको उनले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्