सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कपडा खोलेर हेर्दा योनिबाट रगत बगिरहेको थियो !

एकपछी अर्को बलात्कारका घटना सार्बजनिक भईरहेका बेला कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । कृष्णपुर नगरपालिका–१ मा बिहिबार १० वर्षीय बालकबाट ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको छ ।

बालिका दिउँसो विद्यालयमै बलात्कृत भएको अभिभावकले बताएका छन । छोरीले तल्लो पेटमा दुख्यो भनेपछि कपडा खोलेर हेर्दा योनीबाट रगत बगिरहेको देखेको र थप सोधपुछ गर्दा बलात्कार भएको खुलेको बालिकाकी आमाले बताएकी छिन ।

तर, स्कुलका प्रधानाध्यापकले भने बिहान ७ बजे खुलेर दिउँसो साढे १२ बजे बन्द हुने गरेको र विद्यालयभित्र घटना भएकोमा विश्वास नलागेको बताएका छन । आरोपी बालक र पीडित बालिका दुवै स्थानीय कालिका माध्यमिक विद्यालयका विद्यार्थी हुन । बालक ६ कक्षामा पढ्छन् भने बालिका दुई कक्षामा अध्ययनरत छिन ।

बालिकालाई साँझ ६ बजेतिर महाकाली अञ्चल अस्पताल पुर्याउँदासमेत रगत बगिरहेको थियो । यस आधारमा पनि बलात्कार पुष्टि भएको प्रहरीले बतायो । स्थानीयले विद्यालयभित्रै घटना भएकाले विद्यालय प्रशासनको पनि गल्ती औँल्याएका छन ।

विद्यालयमै बालिका असुरक्षित रहेको भन्दै चिन्ता जनाएका छन । पीडित बालिकाकी आमा भन्छिन–‘छोरीले अप्ठ्यारो महसुस गरेपछि बुझ्दा थाहा पाएँ । छोरी दिउँसो १ बजेतिर घर आइपुगिन । भात खाएलगत्तै पल्टिइन । मैले होमवर्क गर भनेँ । तर, उनी पिर भयो (दुख्यो) भन्दै रोइन । कता पिर भयो, किन भयो भनेर सोधेँ । छोरीले तल्लो पेटमा पिर परेको बताइन ।’

बालिकाकी आमाले अगाडी भनिन्–‘कपडा खोलेर हेर्दा योनिबाट रगत बगिरहेको देखेँ । सोधपुछ गर्दा उनले एउटा बालकको नाम लिएर उसको दाइले जबर्जस्ती गरेको बताइन । विद्यालय समयमै कक्षा कोठाभित्रै बलात्कार गरेको रहेछ । घटना थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेँ ।’

बलत्कारको आरोप लागेका बालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाले दिएको बयानअनुसार बालकलाई पक्राउ गरेको जानकारी दिएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले मेडिकल रिपोर्टअनुसार घटनाबारे विस्तृत खुल्ने बताएका छन । आरोपी नाबालक भएकाले बाल सुधार गृहमा राखेर कारबाही अघि बढाउने बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्