सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

झारफुकको बहानामा बाँसघारीमा लगेर बलात्कार

रौतहटको माधवनारायण–४ निवासी ४२ बर्षीय धामी झाँक्री सुरेश गिरी झारफुकको बहानामा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । झारफुक गर्ने भन्दै १३ बर्षीया बालिकालाई गत बुधवार एकान्तमा लगी बलात्कार गरेको अभियोगमा गिरी पक्राउ परेका हुन ।

केही दिनदेखि बिरामी रहेकी बालिकालाई झारफुकबाट ठिक पार्छु भन्दै गिरीले बौधीमाइ नगरपालिका वार्ड नं ३ निवासी १३ वर्षीया बालिकालाई बलत्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको दाहिने हातमा सामान्य खटिरा आएपछि झाक्री गिरीले झारफुकबाट निको पारिदिने भनी उनले घरभन्दा केही पर लगेका थिए ।

नजिक रहेको बाँस घारीमा भूत भगाउनुपर्छ भन्दै बालिकाकी काकीलाई पर राखेर गिरीले बालिका बलात्कार गरेको स्थानीयको भनाइ छ । बालिका झाक्रीबाट बलात्कृत भएको घटना लगत्तै गिरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

गिरी शरीरमा सानासाना खुट्टा भएको गोरु गाउँमा घुमाएर माग्दै हिँड्थे । उनले आफूलाई धामी झाँक्रीमा पोख्त भएको बताउने गरेको प्रहरीको भनाई छ ।

रौतहटकै चन्द्रपुर नगरपालिका–१ स्थित नुनथर जंगलमा मंगलवार बागमति नगरपालीका सर्लाहीकी १६ बर्षिय किशोरी बलात्कृत भएकी छन । किशोरी बलात्कारको आरोपमा चन्द्रपुर नगरपालिका–१ मंगलपुरका रामकृष्ण सहनीलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार किशोरीलाई एक महिलाको सहारामा घरबाट फकाएर लगी बलात्कार गरिएको थियो । प्रहरीले मंगलपुर निवासी सबिता नाम गरेकी महिलालाई पनि पक्राउ गरेको छ ।

सबिताले नुनथर पुगेपछि ति पिडित किशोरीलाइ छाडेर फर्किएको र सहनीले बलत्कार गरेको चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिएका छन ।

नुनथर क्षेत्र लगे पछि किशोरीलाइ फकाएर नसालु पदार्थ सेवन गराइ रातभर जंगलमा राखेर पटक पटक बलत्कार गरेको पिडित युवतीले बताएको प्रहरीको भनाई छ ।

मंगलवार दिउसो घरबाट निस्केकी छोरी रातभर नआएपछि अभिभावकले सवितासंग सोधपुछ गरेका थिए । पिडित किशोरी बुधवार बिहान घर आएपछि घटना सार्वजनिक भएको थियो । १५ दिन यता रौतहटमा ४ वटा बलत्कारका घटना सार्वजनिक भएका छन ।

गत भदौ २८ गते बिहीबार गरुडा नगरपालिकाको बिर्ता स्थित दीपेन्द्र प्रहरी आवासीय माविमा अध्ययनरत छात्र बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रहरी विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १७ बर्षिय विकासराज यादवलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले जानकारी दिएका छन ।

यादबले ८ वर्षीया बालिका बलात्कार गरेको उजुरी परेको छ । सोही बिद्यालयमा कार्यरत कर्मचारीकी छोरीलाई भदौ २३ गते शनिबार बलात्कार गरेको उनीमाथि आरोप छ । रौतहटको ईशनाथ नगरपालिका वार्ड नं. १ औरैयाटोलका यादव सोही विद्यालयको छात्रावासमा बस्दै आएका थिए ।

यस्तै जिल्लाको गढीमाई नगरपालिका वार्ड नं ३ गम्हरियाकी १२ वर्षीया बालिकालाई गत भदौ १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले ललाइ फकाइ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अन्सारीले बालिकालाई बलात्कार गरेको घटनालाई स्थानीयले गाउँमै मिलाउन बलात्कारीलाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको र पीडितलाई गाउमै बन्धक बनाएर राखिएको घटना सार्वजनिक भएको हो ।

अन्सारीले पीडितलाई रकम नदिएपछि पीडित पक्षले प्रहरीलाई जानकारी गराएको थियो । पीडितको तर्फबाट इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्