सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेक्स भिडियो राख्ने पोर्न साईट नेपालमा प्रतिबन्ध

सरकारले यौनजन्य अश्लील सामग्री राख्ने सम्पुर्ण पोर्न साईट बन्द गर्न निर्देशन दिएको छ । अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्दछ ।’

मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरुको आदान–प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको स्मरण गराउँदै यौनजन्य अश्लील सामग्रीको नेपालभित्र पहुँच रोकिने स्पष्ट पारेको हो ।

अश्लील सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट आदान–प्रदान, प्रकाशन र प्रसारण नगर्न दूर सञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्तालाई मन्त्रालयले आग्रह समेत गरेको छ ।

सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्ति यस्तो छः

फेसबुकबाट कमेन्ट गर्नुहोस्