सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गाडी चल्न थाले, सरकार र ड्राईभरबिच सहमति

भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालक र सरकारबीच सहमति भएको छ । सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता गरेर चालकहरुले आजैदेखि गाडी चलाउन थालेका छन् ।

मंगलबारदेखि सार्वजनिक यातायातका चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका कतिपय सजायसँग सम्बन्धित व्यवस्थाको विरोध गर्दै गाडी नचलाउनुका साथै चलाउनेलाई समेत कारवाही गर्ने धम्की दिएपछि ट्याङ्कर चालकहरुले पनि ढुवानी गरेका थिएनन् ।

दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा केहि चालकहरु पक्राउ समेत परेका थिए ।

कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्