सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुटु कमाउने घटना, महिलाको घाँटी रेटि हत्या

बाराको कलैयामा एकजना महिलाको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीन बैठाको घाटी रेटेर हत्या गरिएको हो । घर नजिकै रहेको आफनै खेतमा आइतबार बिहान सियापतिको शव घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको हो ।

सियापतिका श्रीमान दुई वर्षदेखि घर परिवारबाट सम्पर्कबिहीन छन । घरमा सियापति र उनका २५ वर्षीय छोरा उमेश बैठा मात्रै बस्दै आएका छन । शनिबार अपराह्न चार बजेतिर खर र घाँस काट्न सियापति घरबाट आफनै खेतमा गएकी थिइन । छोरा उमेश पनि त्यहि बेला बाख्रा चराउन निस्किएका थिए ।

शनिबार बेलुकी ६ बजेतिर बाख्रा चराएर घर फर्किएका उमेशले आमा खेतबाट नआएको देखेपछि छिमेकीलाई खबर गरेका थिए । छिमेकीले सियापति अपराह्नतिर खर र घाँस काट्न खेततिर गएको देखेको बताएका थिए । तर बेलुकीसम्म पनि आमा घर नफर्किए पनि उमेशले आमाको सोधी खोजी गरेनन ।

आइतबार बिहान भने उनी आमालाई खोज्दै जाँदा खेतमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह रौठारले बताएका छन ।

छोरा उमेशले खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले सियापतिको घाँटीमा धारिलो हतियारले रेटेको अवस्थामा शव फेला पारेको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिएका छन । उनका अनुसार हत्या कसले र किन गरेको खुलेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्