सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बाँदरलाई हानेको बन्दुकको गोलीले लग्यो सुरेन्द्रको ज्यान

बाँदर भगाउन पड्काएको भरूवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाँउपालिका–२ रीप बस्ने २८ वर्षीय सुरेन्द्र कार्की रहेको प्रहरीले बताएको छ ।

सोही ठाउँ बस्ने ४० वर्षीय रंगमल महतराले आफ्नो स्याउ फारममा आएका बाँदर भगाउन पड्काएको भरूवा बन्दुकको गोली सोही ठाउँस्थित गोठालो गएका सुरेन्द्रलाई लागेर गम्भीर घाइते भएकाले उपचारको लागि स्वास्थ्य चौकी रीपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

महतरालाई उक्त भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS