सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाख्रा चराउन गएकी बालिका बलात्कृत भएपछी

अछामको कमलबजार नगरपालिकामा बाख्रा चराउन गएकी एक ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् । यो घटना अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएपछी खुलेको हो । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ ।

उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको छ तर परिचय खुलाएको छैन । पीडितको परिचय खुल्न सक्ने भएकाले पिडक युवाको परिचय नखुलाइएको प्रहरीले बताएको छ । गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए ।

तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत सार्वजनिक भएको हो । बालिका भागेर घरमा पुगेपछि घटना सार्वजनिक भएको थियो । लगत्तै, अछाम प्रहरीले थालेको अनुसन्धानको क्रममा अर्को घटना पनि जोडिएको थियो ।

पीडितका बुवाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको उल्लेख गरिएको थियो । प्रहरी भन्छ–‘कसैलाई भनेमा मारिदिने धम्की दिएर करणी भएको देखिएको छ ।’

घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्