सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सहमतिमा सेक्स, परिवारको दबावमा बलात्कारको मुद्दा

दिनानुदिन महिलामाथी हुने बलात्कारका घटनाले मुलुक आक्रान्त बनेको छ । कहिले बालिका, कहिले शिशु, कहिले किशोरी वा युवती कहिले बृद्ध बलात्कृत बलात्कारको सिकार भइरहेका छन । बलात्कार नभएको भन्ने दिन नै छैन ।

तर यही बीचमा कतिपय यस्ता घटना पनि छन् जो विनाकारण बलात्कारको आरोप लगाएर झोस्ने पोल्ने गरेको तथ्य पनि सार्बजनिक भएका छन् । बलात्कार जस्तो जघन्य अपराधलाई कतिपयले रिसइबी साँध्ने र फसाउने अस्त्रका रुपमा प्रयोग गर्न थालेको पछिल्ला केही घटनाले देखाएको छ ।

कतिपय अवस्थामा प्रेममा परेका युवायुवतीबीच सहमतिमै शारीरिक सम्पर्क हुने र पछि परिवार तथा आफन्तलाई थाहा भएपछी दबाबमा बलात्कार मुद्धा दर्ता गर्ने गलत धन्दा पनि बढ्दो छ ।

यस्तै एक घटनाका कारण अहिले एक युवा डिल्लीबजार कारागारमा छन, भने यता पीडित भनिएकी किशोरीले आरोपित युवकको आमालाई फोन गर्दै पैसा मागिरहेकी छन् ।

खोटाङ घर भएकी एक किशोरीले एक महिनाअघि उनले आफु माथि जबरजस्ती करणी गरेको भन्दै भक्तपुर बालकोटका परियार थरका एक युवक विरुद्ध ठिमी प्रहरी चौकीमा उजुरी दिइन् । यही कारण प्रहरीले २७ दिनको अनुसन्धानपछि भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि डिल्ली बजार कारागार पठायो ।

आरोपित युवककी आमाका अनुसार उनिहरुसँगै एउटै कोठामा सुत्थे । करिब एक सातादेखि सँगै थिए । रामैं चलिरहेको थियो । तर भदौै २७ गते किशोरीका काका मातेर आएर युवक माथि हातपात गरे ।

यही कारण युवककी आमाले प्रहरीलाई खबर गरिन् । उता घाइते युवकलाई उपचारका लागि अस्पताल लगियो । उनको उपचारका क्रममा चिकित्सकले समेत कुटपिटबाट घाइते भएको देखाए ।

 

प्रहरीमा युवकलाई कुट्ने काकाविरुद्ध उजुरी पर्नुपर्नेमा उल्टो उनिमाथि बलात्कार उजुरी दर्ता भयो । किशोरीले जबरजस्ती करणीको मुद्धा हालेपछि युवकले सहमतिमै शारीरिक सम्पर्क भएको जबरजस्ती नभएको दाबी गरे । काकाविरुद्ध कुटपिटको उजुरी गर्ने डरले उल्टो किशोरीलाई प्रयोग गरिएको अहिले आरोपित पक्षको दाबी छ ।

अहिले दैनिक जसो पीडित भनिएकी किशोरीले परियारकी आमालाई फोन गर्छिन र २ लाख रुपैयाँ दिए मुद्धा फिर्ता लिइदिने बताउँछिन् । गरिब परिवारका उनिहरु रङरोगन तथा ज्याला मजदुरीको काम गरेर जीविकोपार्जन गरिरहेका छन् । अहिले उनिहरुसँग २ लाख पैसा छैन ।

प्रहरीमा काकालाई कुटपिट गरेको कुनै उजुरी दर्ता भएको छैन । अहिले पनि किशोरीले आँफुहरुको सहमतिमै सबै भएको तर परिवारको दबाबमा उजुरी गरेकाले २ लाख पैसा दिए उजुरी फिर्ता गर्ने बताउँछिन् । नयाँ मुलुकी ऐन अनुसार १८ वर्ष कम उमेरमा सहमतिमै शारीरिक सम्बन्ध भएपनि बलात्कार मानिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्